images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • गरिमा विकास बैंकका ग्राहकलाई नयाँ वर्षको...

गरिमा विकास बैंकका ग्राहकलाई नयाँ वर्षको अवसरमा दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट

गरिमा विकास बैंकका ग्राहकलाई नयाँ वर्षको अवसरमा दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट

images
images
शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेडको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट प्रदान गर्ने गरी गरिमा विकास बैंक लिमिटेड र दराजबीच सम्झौता सम्पन्न भएको छ । 

    images
    images

    नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो । यस छुट योजना अन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५% वा अधिकतम रु.७५० सम्म र डेविट कार्ड होल्डर ग्राहकहरुले १०% वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्नेछन् ।

    छुट योजना २०८१ चैत्र २२ गतेदेखि सरु भई २०८१ चैत्र ३१ गतेसम्म लागु हुने छ ।  गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाईट वा मोबाईल एपमा उपलब्ध हुने यस विकास बैंकको नामको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।

    images
    images

    हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend