images

२०८३ मंसिर १३ गते

images
images
images
  • समाचार
  • १०० रुपैयाँको बिलले जित्न सकिन्छ १०...

१०० रुपैयाँको बिलले जित्न सकिन्छ १० लाख, मंसिर १६ मा लोट्री

१०० रुपैयाँको बिलले जित्न सकिन्छ १० लाख, मंसिर १६ मा लोट्री

images
images
आइतवार, मंसिर १३ २०८३
आइतवार, मंसिर १३ २०८३
  • पोखरा । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पोखरास्थित आन्तरिक राजस्व कार्यालयले पनि लोट्री सुरु गरेको छ । मंसिर १ देखि १५ गतेसम्मका विजेता उपभोक्ता तथा बिक्रेताका लागि मंसिर १६ गते लोट्री घोषणा गर्न लागिएको हो ।पोखरा उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना गरी नतिजा सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।बिल माग्ने र दिने संस्कारको विकास गर्ने उद्देश्यले उपहार कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख शिवप्रसाद ढुंगानाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सहभागी हुन उपभोक्ताले १०० रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्दा प्राप्त हुने बिलमार्फत आवेदन दिन सक्नेछन् ।

    images
    images

    यसका लागि आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर बिल नम्बर, बिक्रेताको स्थायी लेखा नम्बर (प्यान) लगायत आवश्यक विवरण भरी प्रविष्टि गर्नुपर्नेछ । विद्युतीय भुक्तानीमार्फत हुने कारोबार भने कम्प्युटर प्रणालीबाटै स्वतः उपहार कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको उनले बताए ।कार्यक्रममा पहिलो चरणमा १५ जना विजेता उपभोक्ताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, एक जना भाग्यशाली विजेताले १० लाख रुपैयाँको बम्पर उपहार पाउनेछन् ।बम्पर उपहार रकममा नियमानुसार २५ प्रतिशत कर कट्टा गरी विजेतालाई७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिनेछ । अन्य पुरस्कारमा कर कट्टा गरी एक लाख रुपैयाँ प्रदान गरिने ढुंगानाले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend