images

२०८३ मंसिर १३ गते

images
images
images
  • समाचार
  • चेपाङ बालबालिकाको शिक्षाका लागि बेनीघाट रोराङको...

चेपाङ बालबालिकाको शिक्षाका लागि बेनीघाट रोराङको पहल प्रशंसनीय : राष्ट्रियसभा अध्यक्ष दाहाल

चेपाङ बालबालिकाको शिक्षाका लागि बेनीघाट रोराङको पहल प्रशंसनीय : राष्ट्रियसभा अध्यक्ष दाहाल

images
images
आइतवार, मंसिर १३ २०८३
आइतवार, मंसिर १३ २०८३
  • धादिङ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन बेनीघाट रोराङ गाउँपालिकाले गरेका प्रयास प्रशंसनीय रहेको बताएका छन् ।गाउँपालिकाले आज आयोजना गरेको शैक्षिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले गरिबी, भौगोलिक विकटता र सामाजिक विभेदका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने, टिकाउने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने जिम्मेवारी सबैको भएको बताए ।

    images
    images

    गाउँपालिकाले शिक्षाका लागि भिक्षा महायज्ञ आयोजना गरी करिब रु छ करोड सङ्कलन गर्नु र विपन्न, चेपाङ, असहाय तथा अभिभावकविहीन बालबालिकाको शिक्षाका लागि शैक्षिक उत्थान कोष स्थापना गर्नु सकारात्मक पहल भएको उनले उल्लेख गरे ।एकीकृत आवासीय विद्यालयको अवधारणामार्फत करिब एक हजार चेपाङलगायत समुदायका बालबालिकालाई आवासीय सुविधासहित शिक्षा प्रदान गर्ने प्रयास सामाजिक न्याय र शैक्षिक समानताको महत्वपूर्ण उदाहरण भएको उनले बताए ।गाउँपालिकाले टोललमा रात्रिकालीन अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्नुका साथै घर घरमा शैक्षिक समीक्षा गर्ने अभ्यास पनि सकारात्मक रहेको अध्यक्ष दाहालले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend