काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले अनुसन्धान र म्याद थपको सक्कल फाइल झिकाउने आदेश दिएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूरको जाहेरीमा भएको अनुसन्धान र म्याद थप सहितको सक्कल फाइल इजलासमा देखाई फिर्ता लैजाने गरी महान्यायाधिवक्ताको कार्यालय मार्फत झिकाउन आदेश दिएको हो । यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले प्रसाईलाई पक्राउ गर्नुको आधार र कारणसहित ४८ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
प्रसाईंलाई असार १२ मा प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।प्रसाईंले युट्युबमार्फत छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेका थिए ।




.gif)



