images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी...

राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा

राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा

images
images
शनिवार, मंसिर १२ २०८३
शनिवार, मंसिर १२ २०८३
  • जुम्ला, १२ मङ्सिर । यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पुरा भएको छ ।

    images
    images

    पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेका छन् । खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ । बाहिरीबाट आउने खेलाडि लगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिएका छन् ।

    पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिताहुने भएको छ । आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ । खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ । प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको  भनाइ छ ।

    images
    images

    यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन् । प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend