काठमाडौं । बैंकमा सार्वजनिक बिदा भए पनि ग्राहकका बैंकिङसम्बन्धी जिज्ञासा र समस्याको समाधान अब डिजिटल माध्यमबाटै प्राप्त गर्न सकिने भएको छ। कामना सेवा विकास बैंक लिमिटेडले ग्राहकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यले ‘KS-Mitra’ सेवा सञ्चालनमा ल्याएको छ।
बैंकको यस डिजिटल सेवामार्फत ग्राहकले खातासम्बन्धी जानकारी, बैंकिङ सेवा तथा सुविधाबारे जानकारी, कारोबारसम्बन्धी जिज्ञासाको समाधान तथा खाता रोक्कासम्बन्धी सहयोग लिन सक्नेछन्।
बैंकमा बिदा भएको अवस्थामा समेत बैंकिङसम्बन्धी जानकारी आवश्यक पर्ने ग्राहकलाई लक्षित गर्दै ल्याइएको KS-Mitra ले डिजिटल माध्यमबाट ग्राहक सेवामा सहजता थप्ने अपेक्षा गरिएको छ।
ग्राहकले WhatsApp नम्बर +977-9851460085 तथा इमेल **ksmitra@kamanasewabank.com** मार्फत KS-Mitra सँग सम्पर्क गर्न सक्नेछन्।
‘प्रगतिको आधार, कामना सेवासँग कारोबार’ भन्ने नारासहित अघि बढिरहेको बैंकले डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहक सेवाको पहुँच विस्तार गर्ने प्रयास गरेको छ।





.gif)





.gif)
