images

२०८३ मंसिर १३ गते

images
images
images

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

images
images
शनिवार, मंसिर १२ २०८३
शनिवार, मंसिर १२ २०८३
  • काठमाडौँ, १२ मङ्सिर । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

    images
    images
    Rate 12-08-083.png
    undefined

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलर एकको बिक्रीदर १४९ रुपैयाँ ८ पैसा पुगेको छ। खरिददर भने १४८ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।

    यस्तै, युरोपियन युरो एकको बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा र खरिददर १६२ रुपैयाँ ७० पैसा कायम भएको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको बिक्रीदर १९५ रुपैयाँ ६६ पैसा पुगेको छ भने खरिददर १९४ रुपैयाँ ८७ पैसा रहेको छ।

    images
    images

    स्विस फ्र्यांक एकको बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा, खरिददर १७७ रुपैयाँ ६३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

    अष्ट्रेलियन डलर एकको बिक्रीदर ९९ रुपैयाँ ४९ पैसा र खरिददर ९९ रुपैयाँ ९ पैसा कायम भएको छ। क्यानडियन डलरको बिक्रीदर १०४ रुपैयाँ ६४ पैसा र खरिददर १०४ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।

    सिंगापुर डलर एकको बिक्रीदर ११५ रुपैयाँ ६० पैसा र खरिददर ११५ रुपैयाँ १३ पैसा रहेको छ। जापानी येन १० को बिक्रीदर ९ रुपैयाँ ३४ पैसा र खरिददर ९ रुपैयाँ ३१ पैसा कायम गरिएको छ।

    चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ४० पैसा र खरिददर २२ रुपैयाँ ३१ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको बिक्रीदर ३९ रुपैयाँ ७४ पैसा र खरिददर ३९ रुपैयाँ ५८ पैसा कायम भएको छ।

    कतारी रियाल एकको बिक्रीदर ४० रुपैयाँ ८९ पैसा र खरिददर ४० रुपैयाँ ७२ पैसा रहेको छ। थाई भाट एकको बिक्रीदर ४ रुपैयाँ ४० पैसा र खरिददर ४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ।

    यस्तै, यूएई दिराम एकको बिक्रीदर ४० रुपैयाँ ५९ पैसा र खरिददर ४० रुपैयाँ ४३ पैसा कायम भएको छ। मलेसियन रिंगिट एकको बिक्रीदर ३६ रुपैयाँ १६ पैसा र खरिददर ३६ रुपैयाँ २ पैसा रहेको छ।

    दक्षिण कोरियन वन १०० को बिक्रीदर ११ रुपैयाँ १८ पैसा र खरिददर ११ रुपैयाँ १४ पैसा कायम गरिएको छ। स्विडिस क्रोनर एकको बिक्रीदर १४ रुपैयाँ ६० पैसा र खरिददर १४ रुपैयाँ ५४ पैसा रहेको छ।

    डेनिस क्रोनर एकको बिक्रीदर २१ रुपैयाँ ८६ पैसा र खरिददर २१ रुपैयाँ ७७ पैसा कायम भएको छ। हङकङ डलर एकको बिक्रीदर १९ रुपैयाँ ४ पैसा र खरिददर १८ रुपैयाँ ९७ पैसा रहेको छ।

    राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको बिक्रीदर ४८२ रुपैयाँ ६२ पैसा र खरिददर ४८० रुपैयाँ ६७ पैसा कायम भएको छ। बहराइन दिनार एकको बिक्रीदर ३९५ रुपैयाँ ४१ पैसा र खरिददर ३९३ रुपैयाँ ८२ पैसा रहेको छ। ओमानी रियाल एकको बिक्रीदर ३८७ रुपैयाँ २१ पैसा र खरिददर ३८५ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ।

    राष्ट्र बैंकले उल्लेख गरेको विनिमयदर अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाले खुला बजारमा कारोबार गर्ने विनिमय दर फरक हुन सक्नेसमेत जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend