images

२०८३ मंसिर १३ गते

images
images
images
  • बैंक वित्त
  • साफा अवार्डमा गरिमा विकास बैंकलाई दक्षिण...

साफा अवार्डमा गरिमा विकास बैंकलाई दक्षिण एसियालीस्तरको सम्मान

साफा अवार्डमा गरिमा विकास बैंकलाई दक्षिण एसियालीस्तरको सम्मान

images
images
आइतवार, मंसिर १३ २०८३
आइतवार, मंसिर १३ २०८३
  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दक्षिण एसियाली स्तरमा प्रतिष्ठित ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान प्राप्त गरेको छ। दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघद्वारा आयोजित ‘साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत बैंकले वित्तीय सेवा क्षेत्र (Financial Service Sector) विधामा उक्त सम्मान प्राप्त गरेको हो।नोभेम्बर २८ तारिखमा बंगलादेशको ढाकामा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ बंगलादेशको आतिथ्यतामा आयोजित एक विशेष समारोहका बीच बैंकलाई सो सम्मान प्रदान गरिएको हो।यसअघि नै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ मा वित्तीय सेवा क्षेत्रतर्फ ‘सिल्भर अवार्ड’ जितिसकेको बैंकले यो अन्तर्राष्ट्रिय सम्मानमार्फत आफ्नो वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता र संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको जनाएको छ।

    images
    images

    हालै आफ्नो २०औं वार्षिकोत्सव मनाएको गरिमा विकास बैंकले गुणस्तरीय बैंकिङ सेवा, नवीनतम प्रविधिको प्रयोग र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको छ। बैंकले गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत ISO 9001:2015 र सूचना सुरक्षा व्यवस्थापन प्रणालीअन्तर्गत ISO/IEC 27001:2022 प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ।स्थापनाकालदेखि नै सुरक्षित, विश्वसनीय, आधुनिक तथा ग्राहक–मैत्री सेवा प्रदान गर्दै आएको बैंकले यस उपलब्धिले आफूलाई अझ जिम्मेवार बनाएको जनाएको छ। बैंकले यो सम्मानबाट भविष्यमा थप उत्कृष्ट सेवा प्रदान गर्न र संस्थागत सुशासन तथा वित्तीय पारदर्शिताको मापदण्ड कायम राख्न थप हौसला मिलेको उल्लेख गरेको छ।यस अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले सम्पूर्ण ग्राहकवर्ग, सेयरधनीहरू, नियामक निकाय र कर्मचारीलगायतका सरोकारवालाहरूप्रति निरन्तर विश्वास र सहयोगका लागि हार्दिक आभार व्यक्त गरेका छन्।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend