images

२०८३ मंसिर १३ गते

images
images
images

भोलिदेखि आईपीओ निष्काशन गर्दै आशुतोष इनर्जी

भोलिदेखि आईपीओ निष्काशन गर्दै आशुतोष इनर्जी

images
images
आइतवार, मंसिर १३ २०८३
आइतवार, मंसिर १३ २०८३
  • काठमाडौं।  आशुतोष इनर्जी लिमिटेडले भोलि मंसिर १४ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्दैछ।कम्पनीले कुल ६ लाख ६० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो। जसमध्ये स्थानीय बासिन्दाका लागि ६ लाख र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ६० हजार कित्ता छुट्याइएको छ।स्थानीयका लागि छुट्याइएको सेयरमध्ये ३ लाख कित्ता अति प्रभावित क्षेत्रका बासिन्दाले पाउनेछन्। यसमा लमजुङको दुधपोखरी गाउँपालिका वडा नम्बर १ र २ तथा गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर २ र ३ का बासिन्दा सहभागी हुन सक्नेछन्।

    images
    images

    बाँकी ३ लाख कित्ता भने लमजुङको दुधपोखरी र दोर्दी तथा गोरखाको अजिरकोट गाउँपालिकाका अन्य योग्य स्थानीयका लागि छुट्याइएको छ।प्रतिसेयर मूल्य १०० रुपैयाँ तोकिएको छ। न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ। अर्थात्, जम्मा एक हजार रुपैयाँ भए पुग्छ। अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।स्थानीय बासिन्दाले मंसिर २८ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर १७ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन नपरेको अवस्थामा तोकिएको मितिसम्म म्याद थप हुनेछ।वैदेशिक रोजगारीमा रहेका नेपालीले मेरो सेयर वा सी–आस्बामार्फत आवेदन दिन सक्नेछन्।आशुतोष इनर्जीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend