images

२०८३ मंसिर १३ गते

images
images
images
  • शेयर
  • निलगंगा हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ जारी...

निलगंगा हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी, पुस १२ मा वार्षिक सभा

निलगंगा हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी, पुस १२ मा वार्षिक सभा

images
images
आइतवार, मंसिर १३ २०८३
आइतवार, मंसिर १३ २०८३
  • काठमाडौँ ।  निलगंगा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्न पुस १२ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौं महानगरपालिका–३२ मा दिउँसो २ बजे बस्नेछ ।

    images
    images

    सभामा आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङलगायत सम्बन्धित निकायबाट आवश्यक अनुमति तथा स्वीकृति लिने, निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने र शेयर सूचीकरण तथा अभौतिकीकरणसम्बन्धी प्रक्रिया अघि बढाउने प्रस्ताव पेस हुनेछ । यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिइनेछ।त्यस्तै सोही सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र आयोजना निर्माणका लागि गरिएका सम्झौता अनुमोदन गर्ने प्रस्ताव पनि पेस हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend