images

२०८३ मंसिर १३ गते

images
images
images
  • शेयर
  • एभरेष्ट कलरको तेस्रो वार्षिक साधारणसभा पुस...

एभरेष्ट कलरको तेस्रो वार्षिक साधारणसभा पुस १३ गते

एभरेष्ट कलरको तेस्रो वार्षिक साधारणसभा पुस १३ गते

images
images
आइतवार, मंसिर १३ २०८३
आइतवार, मंसिर १३ २०८३
  • काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले पुस १३ गतेका लागि तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको हो ।

    images
    images

    उक्त सभा ह्वाइट प्यालेस बैंकेट, मध्यपुर थिमी – ३, भक्तपुरमा मध्यान्न साढे १२ बजे सुर हुने छ । साधारणसभामा सामान्य प्रस्ताका रुपमा संचालक समितिको तर्फबाट साधारण सभामा अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनलाई पारित गर्ने छ । त्यस्तै कम्पनीको आ.व. २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह हिसाब सहितको लेखा परीक्षण प्रतिवेदनलाई पारित गर्ने, आ.व.२०८३/८४ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमीक तोक्ने सम्बन्धमा, कम्पनीको संचालक समितिमा सर्वसाधारण सेयरधनी समूहबाट २ (दुई) जना संचालक सदस्यहरुको निर्वाचन गर्ने सम्बन्धमा, कम्पनीको प्रबन्ध संचालकको पारिश्रमिक तथा भत्ता स्वीकृत गर्ने सम्बन्धमा, संचालकको बैठक भत्ता सम्बन्धमा र संचालक समितिबाट आ.व. २०८२/८३ मा भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्ने प्रस्तावहरु पारित गर्ने छ ।

    विशेष प्रस्तावका रुपमा आ.व.२०८३/८४ को लागि कम्पनी ऐन, २०६३ को दफा १०५ (ग) ले व्यवस्था गरे भन्दा बढिको खर्चलाई पूर्व स्वीकृतीको लागि सभा समक्षे पेश गर्ने र अनुमोदा गर्ने छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २९ गते एक दिन बुक क्लोज गर्ने छ । यस अनुसार मंसिर २९ गते भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले वार्षिक साधारणसभामा भाग लिन पाउने छन् ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend