images

२०८३ मंसिर १३ गते

images
images
images
  • बैंक वित्त
  • बैंकिङ प्रणालीमा तरलता थुप्रिँदा सीडी रेसियो...

बैंकिङ प्रणालीमा तरलता थुप्रिँदा सीडी रेसियो घट्यो, ७० प्रतिशतमा सीमित

बैंकिङ प्रणालीमा तरलता थुप्रिँदा सीडी रेसियो घट्यो, ७० प्रतिशतमा सीमित

images
images
आइतवार, मंसिर १३ २०८३
आइतवार, मंसिर १३ २०८३
  • काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दै गए पनि कर्जा प्रवाह अपेक्षाकृत विस्तार हुन नसक्दा वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) निरन्तर ओरालो लागेको छ। पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ३.४० प्रतिशत बिन्दुले घटेर ७०.३६ प्रतिशतमा झरेको छ।नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तमा बैंकहरूको औसत सीडी रेसियो ७०.३६ प्रतिशत कायम भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ७३.७६ प्रतिशत थियो।

    images
    images

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि सीडी रेसियोको अधिकतम सीमा ९० प्रतिशत तोकेको छ। तर, पछिल्लो तथ्याङ्कले अधिकांश बैंकको यस्तो अनुपात नियामकीय सीमाभन्दा निकै तल रहेको देखाएको छ। केही बैंकको सीडी रेसियो ५० प्रतिशतभन्दा पनि कम छ।कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार २० वाणिज्य बैंकमध्ये १५ वटाको सीडी रेसियो घटेको छ भने पाँच वटाको मात्र बढेको छ। यसले बैंकिङ प्रणालीमा उपलब्ध तरलताको तुलनामा कर्जा विस्तार कमजोर रहेको संकेत गर्छ।

    प्राइम बैंकको सीडी रेसियो सबैभन्दा उच्च

    images
    images

    बैंकहरूमध्ये सबैभन्दा बढी सीडी रेसियो प्राइम कमर्सियल बैंकको रहेको छ। कात्तिक मसान्तसम्म बैंकको यस्तो अनुपात ८६.९४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा ८२.६३ प्रतिशत रहेको यसको सीडी रेसियो एक वर्षमा ४.३१ प्रतिशत बिन्दुले बढेको हो।दोस्रो स्थानमा रहेको एनएमबी बैंकको सीडी रेसियो ८३.१३ प्रतिशत छ। यस्तै, नबिल बैंकको ८०.६१ प्रतिशत पुगेको छ। नबिलको सीडी रेसियो अघिल्लो वर्षको ७७.७१ प्रतिशतबाट बढेको हो।त्यसैगरी सानिमा बैंकको ७९.०७ प्रतिशत, माछापुच्छ्रे बैंकको ७८.१२ प्रतिशत, एभरेस्ट बैंकको ७६.४२ प्रतिशत, सिद्धार्थ बैंकको ७५.७७ प्रतिशत, सिटिजन्स बैंकको ७४.९८ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ७४.५२ प्रतिशत रहेको छ।हिमालयन बैंकको सीडी रेसियो ७३.१३ प्रतिशत, कुमारी बैंकको ७२.८७ प्रतिशत, ग्लोबल आइएमई बैंकको ६९.७३ प्रतिशत र कृषि विकास बैंकको ६७.५९ प्रतिशत कायम भएको छ।

    स्ट्यान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा कम

    सीडी रेसियो सबैभन्दा कम हुने बैंकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। कात्तिक मसान्तसम्म बैंकको यस्तो अनुपात ४६.०५ प्रतिशतमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा ६०.६३ प्रतिशत रहेको अनुपात एक वर्षमा १४.५८ प्रतिशत बिन्दुले घटेको हो।राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो पनि उल्लेख्य रूपमा घटेको छ। अघिल्लो वर्ष ६०.१४ प्रतिशत रहेको यस्तो अनुपात अहिले ४८.६६ प्रतिशतमा झरेको छ।यस्तै, नेपाल बैंकको ६१.६५ प्रतिशत, एनआईसी एसिया बैंकको ६१.१० प्रतिशत, प्रभु बैंकको ६४.२६ प्रतिशत र नेपाल एसबीआई बैंकको ६५.२० प्रतिशत रहेको छ।समग्र तथ्याङ्कले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहे पनि त्यसअनुसार कर्जा प्रवाह विस्तार हुन नसकेको देखाउँछ। सीडी रेसियोमा आएको गिरावटले बैंकहरूमा कर्जा लगानीका लागि उपलब्ध स्रोत बढेको संकेत गरे पनि लगानीको माग र कर्जा विस्तारको अवस्था कमजोर रहेको विषयलाई समेत उजागर गरेको छ।

    image_d60cef09

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend