images

२०८३ मंसिर १२ गते

images
images
images

पहिलो त्रैमासमा निजी क्षेत्रमा १ खर्ब ८४ अर्ब कर्जा विस्तार, कुल कर्जा ६० खर्ब नाघ्यो

पहिलो त्रैमासमा निजी क्षेत्रमा १ खर्ब ८४ अर्ब कर्जा विस्तार, कुल कर्जा ६० खर्ब नाघ्यो

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ३.१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार समीक्षा अवधिमा १ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँ कर्जा विस्तार भएसँगै निजी क्षेत्रमा प्रवाहित कुल कर्जा ६० खर्ब ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको हो ।गत आर्थिक वर्षको सोही अवधि यस्तो कर्जा १.५ प्रतिशत अर्थात् ८२ अर्ब ९३ करोड रुपैयाँले मात्र विस्तार भएको थियो ।

    images
    images

    वार्षिक विन्दुगत आधारमा हेर्दा २०८३ असोज मसान्तसम्ममा निजी क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले बढेको देखिएको छ । प्रवाहित कुल कर्जाको संरचनामा गैरवित्तीय संस्थागत क्षेत्रले ६२.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रले ३७.१ प्रतिशत हिस्सा ओगटेका छन् । अघिल्लो वर्षको असोज मसान्तमा यी दुई क्षेत्रको हिस्सा क्रमशः ६२.८ र ३७.२ प्रतिशत रहेको थियो ।संस्थागत वर्गीकरणअनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ३.२ प्रतिशत र विकास बैंकहरूको ३.१ प्रतिशतले बढ्दा वित्त कम्पनीहरूको कर्जा भने १.२ प्रतिशतले संकुचित भएको छ ।

    घरजग्गा धितोमा ६२.७ प्रतिशत कर्जा

    images
    images

    बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामा घरजग्गा धितो सुरक्षणको हिस्सा ६२.७ प्रतिशत कायम भएको छ । त्यसैगरी, कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १५.५ प्रतिशत कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको असोज मसान्तमा कुल कर्जामध्ये घरजग्गा धितोमा ६४.३ प्रतिशत र चालु सम्पत्तिको सुरक्षणमा १५ प्रतिशत कर्जा प्रवाह भएको थियो ।क्षेत्रगत कर्जा विस्तारतर्फ हेर्दा समीक्षा अवधिमा खनिज क्षेत्रको कर्जा सर्वाधिक १७.८ प्रतिशतले बढेको छ । यस्तै, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रमा १२.४ प्रतिशत र धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन एवं मर्मत क्षेत्रमा १०.७ प्रतिशतले कर्जा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार अन्य क्षेत्रहरूमध्ये सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ५.४ प्रतिशतले कर्जा बढ्दा सेवा उद्योग र थोक तथा खुद्रा व्यापार दुवै क्षेत्रमा समान ३.९ प्रतिशतले वृद्धि भएको छ । यातायात तथा निर्माण क्षेत्रमा ३.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा २.३ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा पनि २.३ प्रतिशतले नै बढेको छ । यद्यपि, समीक्षा अवधिमा कृषि क्षेत्रको कर्जा २.५ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा प्रवाहित कर्जा ०.७ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

    विपन्न वर्ग कर्जा १५.१ प्रतिशतले बढ्यो

    कर्जाका विभिन्न शीर्षकहरूमध्ये समीक्षा अवधिमा विपन्न वर्ग कर्जा सर्वाधिक १५.१ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, माग तथा अन्य चालु पुँजी कर्जा ५.२ प्रतिशत र व्यक्तिगत आवासीय घर कर्जासमेत समेटिएको रियल इस्टेट कर्जा ३.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार अन्य शीर्षकहरूमा ट्रस्ट रिसिप्ट (आयात) कर्जा र मार्जिन प्रकृतिको कर्जा दुवै समान २.९ प्रतिशतले विस्तार भएका छन् । यस्तै, आवधिक कर्जा २.६ प्रतिशत, अधिविकर्ष कर्जा १.५ प्रतिशत र हायर पर्चेज कर्जा १.२ प्रतिशतले बढ्दा क्यास क्रेडिट कर्जामा भने १.८ प्रतिशतले संकुचन आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend