कास्की, १२ मङ्सिर । पोखरामा आयोजित दाइँ महोत्सवमा सहभागी विदेशी पर्यटकहरू परम्परागत नेपाली कृषि संस्कृतिसँग रमाएका छन्।
पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा शनिबार पोखरा महानगरपालिका–२९, नौबिसेमा सम्पन्न दाइँ महोत्सवमा विदेशी पर्यटकहरूले गोरु खेदेर तथा परम्परागत दाइँ गर्ने प्रक्रियामा सहभागी हुँदै मनोरञ्जन लिएका थिए।
नेपाली ग्रामीण जीवनशैली, परम्परागत कृषि प्रणाली र मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले विदेशी पर्यटकलाई नेपाली संस्कृतिसँग प्रत्यक्ष रूपमा जोड्ने अवसर प्रदान गरेको छ।
यस्ता सांस्कृतिक गतिविधिले पोखराको पर्यटन प्रवर्द्धन गर्नुका साथै नेपालको मौलिक पहिचान र कृषि परम्परालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




.gif)





.gif)
