images

२०८३ मंसिर १३ गते

images
images
images
  • कृषि
  • खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका...

खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

images
images
शनिवार, मंसिर १२ २०८३
शनिवार, मंसिर १२ २०८३
  • म्याग्दी, १२ मङसिर  । कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् । परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा लागेका सुर्केमेलाका खेतबारीको अवस्थासँगै किसानको जीवनशैली पनि फेरिएको हो । 

    images
    images

    सुर्केमेलाकी ६५ वर्षीया बालकुमारी रोकाले १४ वर्षअघि सात मुरी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्नुभएको थियो । जनशक्ति अभाव भएपछि उहाँले विसं २०६९ मा खाद्यबालीको विकल्पमा सुन्तलाखेती सुरु गर्नुभएको हो ।

    अहिले उहाँको बगैँचामा रहेका दुई सय ५० बोटले वार्षिक रु। सात लाख आम्दानी दिन थालेका छन् । खाद्यबालीको तुलनामा सुन्तलाखेतीबाट कम मेहनतमा राम्रो आम्दानी हुने उहाँको अनुभव छ ।

    images
    images

    “सात मुरी धान फल्ने खेतमा लगाएको सुन्तलाले अहिले वर्षमा रु। सात लाख आम्दानी दिन थालेको छ,” उहाँले भन्नुभयो, “छोराछोरी विदेश गए पनि मलाई सुन्तलाखेतीमै रमाइलो लागेको छ ।”

    सुर्केमेलाकै द्रोपती थापाले पनि सुन्तलाखेतीबाट आम्दानी बढाउँदै जानुभएको छ । गत वर्ष रु। एक लाख ५० हजारको सुन्तला बिक्री गर्नुभएकी उहाँले यस वर्ष रु। तीन लाख बराबरको बिक्री हुने अनुमान गर्नुभएको छ ।

    “यसपालि फल दिने बोट थपिएका छन् । उत्पादन पनि राम्रो भएकाले आम्दानी बढ्ने अनुमान छ,” उहाँले भन्नुभयो, “घरव्यवहार चलाउन सुन्तलाखेतीले धेरै सजिलो बनाएको छ ।”

    सुर्केमेलामा व्यावसायिक सुन्तलाखेती विस्तार गर्ने पहिलो किसान हुनुहुन्छ, ४६ वर्षीय डिलबहादुर केसी । उहाँले १५ वर्षअघि अंशमा पाएको धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्नुभएको थियो । त्यसबेला आफन्त र छिमेकीले उहाँको निर्णयको विरोध गरेका थिए ।

    “धान फल्ने खेतमा काँडा रोपेर छोराछोरी भोकै पार्ने भयौ भनेर गाली गरेका थिए,” उहाँले विगत सम्झँदै भन्नुभयो, “अहिले सुन्तला बेचेर आम्दानी गरेको देख्दा त्यतिबेला गाली गर्नेहरू नै दङ्ग परेका छन् ।”

    २० रोपनी खेतबारीमा चार सय ५० बोट सुन्तला लगाउनुभएका केसीले यस वर्ष रु. १५ लाख भन्दा बढीको सुन्तला बिक्री गर्नुभएको छ । पाँच वर्ष संयुक्त अरब इमिरेट्स ९यूएई० र मलेसियामा काम गरेर फर्कनुभएका उहाँले सुन्तलाखेतीसँगै केसी मौरीपालन स्रोत केन्द्र पनि सञ्चालन गर्नुभएको छ ।

    केसीका अनुसार सुर्केमेलामा १६ जना किसानले व्यावसायिक सुन्तलाखेती गरेका छन् । चार सय बोट सुन्तला लगाउनुभएका धनराज पुनले पनि परम्परागत अन्नबालीको तुलनामा सुन्तलाबाट धेरै गुणा बढी आम्दानी हुने बताउनुभयो ।

    वर्षमा आठदेखि १० मुरी धान फल्ने खेतमा सुन्तलाखेती गर्दा वार्षिक रु। १० लाख भन्दा बढी आम्दानी हुने उहाँको भनाइ छ । कतिपय किसानले पोखरा, बेनी र बागलुङमा घरघडेरी जोडेका छन् । छोराछोरीलाई राम्रा विद्यालय, कलेजमा पढाएका छन् । 

    सिँचाइ सुविधा, उपयुक्त भूगोल र हावापानीका कारण सुर्केमेला सुन्तलाखेतीका लागि अनुकूल क्षेत्र मानिन्छ । यहाँ उत्पादन भएको रसिलो र स्वादिलो सुन्तला काठमाडौँ, पोखरा र बेनीका व्यापारीले बगैँचाबाटै खरिद गरेर लैजाने गरेका छन् । सुर्केमेलामा म्याग्दीमा सबैभन्दा पहिले सुन्तला टिप्ने गरिन्छ । छिटो पाक्ने, रंग र स्वाद आउने भएकाले सुर्केमेलाका बगैचा मंसिरको दोस्रो साताभित्रै रित्तिने गरेका छन् । 

    सडक यातायातको सुबिधासँगै बजारको समस्या नभएपछि किसान थप क्षेत्रफलमा सुन्तलाखेती विस्तार गर्न उत्साहित भएका छन् । सुन्तलाखेती विस्तारमा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाले पनि सहयोग गरेका छन् । 

    बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान)का अनुसार किसानलाई अनुदानमा बिरुवा वितरण, प्राविधिक तालिम र कृषि औजार उपलब्ध गराइएको छ । बालमखोला सिँचाइ योजना निर्माण भएपछि सहज भएको छ ।  

    “सुर्केमेलासहित बास्कुना र थामडाँडामा पनि व्यावसायिक सुन्तलाखेती विस्तार भएको छ,” उनले भन्नुभयो, “उत्पादन भएको सुन्तला बजारमा पु¥याउन र स्थानीयको आवतजावत सहज बनाउन सडक स्तरोन्नति गर्न लागिएको हो ।”

    दुःखेखोलादेखि सुर्केमेला, बास्कुना र थामडाँडा हुँदै मरेक जोड्ने सडक स्तरोन्नति योजना यसै वर्षदेखि सुरु हुँदैछ । गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको लागत साझेदारीमा तीन वर्षसम्म सञ्चालन हुने योजनाका लागि चालु आर्थिक वर्षमा रु। एक करोड ६० लाख विनियोजन भएको छ ।

    तीन वर्षमा रु. पाँच करोड खर्च हुने गरी स्रोत सुनिश्चित भएको उक्त योजना कार्यान्वयनका लागि ठेक्का सम्झौताको प्रक्रिया अघि बढेको वडाध्यक्ष खड्काले बताउनुभयो । उनले सुर्केमेला र सिंगा जोड्ने सडक पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर संघीय सरकारमा प्रस्ताव पेश गरेको बताउनुभयो ।  

    परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी नहुँदा विकल्प खोजेका सुर्केमेलाका किसानका लागि सुन्तलाखेती अहिले आयआर्जनको भरपर्दो माध्यम बनेको छ । बाँझिने अवस्थामा पुगेका खेतबारीमा सुन्तलाका बोट हुर्किएका छन् । 

    किसानको मेहनत र स्थानीय सरकारको सहयोगले सुर्केमेलाको कृषि पहिचानसमेत बदलिँदै गएको हो । युवाहरुको बैदेशिक रोजगारीप्रति आकर्षण बढ्दा सिर्जना भएको कृषि मजदुरहरुको अभाव सुन्तला खेती गरेका सुर्केमेलाका किसानका लागि चुनौति बनेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend