images

२०८३ मंसिर १२ गते

images
images
images
  • कृषि
  • हुम्लामा स्याउ बिक्रीबाट ८ करोड २६...

हुम्लामा स्याउ बिक्रीबाट ८ करोड २६ लाख आम्दानी, १ हजार ३७७ मेट्रिक टन जिल्ला बाहिर निर्यात

हुम्लामा स्याउ बिक्रीबाट ८ करोड २६ लाख आम्दानी, १ हजार ३७७ मेट्रिक टन जिल्ला बाहिर निर्यात

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • हुम्ला, मङ्सिर ११ गते । यस वर्ष हिमाली जिल्ला हुम्लाबाट आठ करोड रुपियाँभन्दा बढीको स्याउ बिक्री भएको छ । जिल्लाका सातवटै गाउँपालिकाबाट उत्पादित स्याउ बिक्री हुँदा आठ करोड २६ लाख ५६ हजार रुपियाँ आम्दानी भएको हो ।जिल्लाका सातवटै गाउँपालिकाबाट उक्त मूल्य बराबरको स्याउ बिक्री भएको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले बताउनुभयो । उहाँका अनुसार स्याउ खेती गरी उत्पादन दिन थालेको ६९० हेक्टर जमिनबाट पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ । त्यसमध्ये एक हजार ३७७ दशमलव छ मेट्रिक टन स्याउ जिल्ला बाहिर बिक्रीका लागि पठाइएको छ ।

    images
    images

    गत साउनमा जिल्लाले गरेको निर्णयअनुसार स्याउ जिल्ला बाहिर निकासी गर्दा सम्बन्धित गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको थियो । सोही सिफारिसका आधारमा नाम्खा गाउँपालिकाबाट ५० मेट्रिक टन, सिमकोटबाट ४००, खार्पुनाथबाट २००, सर्केगार्डबाट ५००, चङ्खेलीबाट १४०, अदानचुलीबाट २० र ताँजाकोटबाट ६७ दशमलव छ मेट्रिक टन स्याउ जिल्ला बाहिर निकासी भएको छ ।काँचो स्याउ जिल्ला बाहिर निकासी हुन नदिन सम्बन्धित गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको प्रमुख पन्तले बताउनुभयो । उहाँका अनुसार सिफारिसका आधारमा जिल्ला बाहिर गएको स्याउको परिमाण मात्र उक्त विवरणमा समेटिएको छ ।सुरुमा र पछिल्लो समय सिफारिसबिना पनि स्याउ जिल्ला बाहिर गएको सूचना आएको भन्दै उहाँले वास्तविक बिक्री परिमाण अझै बढी हुन सक्ने बताउनुभयो । व्यक्तिगत रूपमा खरिद गरेर पठाइएको तथा हुम्लामै उपभोग भएको स्याउको परिमाण र त्यसबाट भएको आम्दानीसमेत विवरणमा समेटिएको छैन ।

    सडक सञ्जाल जोडिएपछि गत वर्ष चार करोड रुपियाँ बराबरको स्याउ जिल्ला बाहिर निकासी भएको थियो । यस वर्ष भने स्याउ खेतीबाट किसानले केही भए पनि आम्दानी गर्न थालेको स्याउ किसान मानविर रोकायाले बताउनुभयो । स्याउ बिक्रीबाट प्राप्त आम्दानीले किसानलाई खेतीप्रति थप सकारात्मक बनाएको उहाँको भनाइ छ ।हुम्लामा ए ग्रेडको स्याउ प्रतिकेजी ६० रुपियाँ, बी ग्रेडको ५० र सी ग्रेडको ४० रुपियाँ मूल्य निर्धारण गरिएको थियो । यस वर्ष पहिलो पटक जिल्लाबाट आठ मेट्रिक टन फुजी स्याउसमेत बिक्री भएको छ ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend