कर्णाली, १२ मङ्सिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शारीरिक सुगठन विधातर्फ त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण पदक हात पारेको छ ।
मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार पश्चिम रुकुमको चौरजहारीमा शुक्रबार सम्पन्न भएका विभिन्न आठ विधाका प्रतिस्पर्धामा आर्मीले तीन स्वर्ण पदक प्राप्त गरेको हो । एमएसपी (१७० भन्दा माथि) विधामा त्रिभुवन आर्मीका पुकार शाक्यले स्वर्ण, नेपाल प्रहरीका प्रनेश श्रेष्ठले रजत र बागमतीका रिजनकुमार श्रेष्ठले कास्य पदक प्राप्त गरेका छन् ।
महिलातर्फ डब्लुबी विधामा बागमतीका उर्मिला श्रेष्ठले स्वर्ण, त्रिभुवन आर्मीका सृजना घिसिङले रजत र गण्डकीका आशा चौधरी कास्य पदक प्राप्त गरेका थिए । त्यस्तै, सशस्त्र प्रहरीका शीला ठकुरीले स्वर्ण, बागमतीका तारा कैंजुले रजत र नेपाल प्रहरीका रिपु घर्तीले कास्य पदक प्राप्त गरेका थिए ।
वुमेन्स वेलनेस (१७० भन्दा कम) विधामा त्रिभुवन आर्मीकी शिवानी लामाले स्वर्ण पदक हासिल गरेका छन् । गण्डकीका बिपना कुमालले रजत र लुम्बिनीकी पुनम सुनारले कास्य पदक प्राप्त गरेका छन् । मेन्स क्लासिक बडीबिल्डिङ विधामा त्रिभुवन आर्मीकै अनिश रसाइलीले स्वर्ण, लुम्बिनीका बिजेन्द्रमान श्रेष्ठले रजत र मधेसका हरिनारायण साहले कास्य पदक प्राप्त गरेको मुख्य प्रशिक्षक तुलाधरले जानकारी दिएका छन् ।
एमएपी (१७० भन्दा कम) विधामा नेपाल प्रहरीका सुमन राईले स्वर्ण पदक प्राप्त गरेका छन् । बागमतीका सबिन चौलागाईंले रजत पदक र लुम्बिनीका रेशम रानाले कास्य पदक पाएका छन् ।
त्यसैगरी, एमएपी (१७० भन्दा माथि) विधामा सशस्त्र प्रहरी बलका अनुपविक्रम बिष्टले स्वर्ण पदक हात पार्दा लुम्बिनीका ईश्वर पुनले रजत र गण्डकीका यमन्त गुरुङ कास्य प्राप्त गरेका छन् । एमएसपी (१७० भन्दा कम) विधामा नेपाल प्रहरीका सृजन महर्जन स्वर्ण, त्रिभूवन आर्मीका ज्ञानेश्वर चौधरी रजत र बागमतीका राज शाही काँस्य पदक प्राप्त गर्न सफल भएका थिए ।
केन्द्रमा हाल नौ जना इन्जिनियर र १६ जना प्राविधिक कर्मचारी गरी २५ जना कर्मचारीलाई खटाएको जनाइएको छ । यस्तै केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यिय भवन अन्तिम चरणमा पुगेको छ । सूचना–प्रविधि पार्क (आईटी पार्क)का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि सोही पार्कलाई छ वर्षअघि तत्कालीन सरकारले केन्द्रमा परिणत गरेको थियो ।
केन्द्रमा राहदानी, बैंक नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तः शुल्क स्टीकर, सिमकार्ड लगायत सुरक्षित छपाइ गर्न सकिनेछन् । पार्कभित्रै खानेपानीका लागि एक–एक लाख लिटरका दुई वटा खानेपानीका ट्याङकी, छापाखानाका लागि आवश्यक पर्ने चार ठूला जेनेरेटर जडान तथा उक्त जेनेरेटर सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङकी निर्माण भएका छन् । प्रेस पूर्णरूपमा सञ्चालनमा ल्याइए सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रूपमा बाहिरिने करिब रु १० अर्ब जोगिने अपेक्षा गरिएको छ ।
विसं २०५७ मा निर्माण सुरु गरिएको उक्त आईटी पार्क निर्माणकार्य सम्पन्न भई ०६१ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । कूल २५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र दुई वटा ठुला ब्यापारिक–प्रशासनिक, भण्डारण भवन तथा चार सुविधा सम्पन्न आवासीय भवनलगायत दश भवन छन् । तत्कालीन समयमा दक्षिण एशियामै नमूना र ठूलो मानिएको यो पार्क सञ्चालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको थियो ।




.gif)





.gif)
