images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • हालसम्म नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा कति...

हालसम्म नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा कति पर्‍यो आवेदन ?

हालसम्म नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा कति पर्‍यो आवेदन ?

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १५ करोड ८२ लाख ९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

    images
    images

    सीडीएसका अनुसार आज बिहान सम्ममा ४९ हजार ५५० जनाले १५ लाख ८२ हजार ९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ७.०३ गुणा बढी आवेदन हो । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले माघ ८ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला गरेको हो ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २२ गते सम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । केयर रेटिङ नेपालले इन्स्योरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ ।

    images
    images

    यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend