images

२०८३ कार्तिक २९ गते

images
images
images

तिहारअघि नेप्सेमा सामान्य सुधार,

तिहारअघि नेप्सेमा सामान्य सुधार,

images
images
शुक्रवार, कार्तिक २० २०८३
शुक्रवार, कार्तिक २० २०८३
  • काठमाडौं । तिहारको पूर्वसन्ध्यामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार घटेको बजार शुक्रबार भने २.६४ अंकले सुधारिएको हो ।

    images
    images

    शुक्रबार नेप्से परिसूचक २.६४ अंक बढेर २६५५.२२ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.१८ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंकले बढेको छ ।

    नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । बिहीबार ४ अर्ब ७२ करोड रुपैयाँको शेयर कारोबार भएकोमा शुक्रबार ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

    images
    images

    यस दिन ३३६ कम्पनीका १ करोड ७ लाख १३ हजार कित्ता शेयर ३३ हजार २१५ पटकको कारोबारमा खरिदबिक्री भएका छन् ।

    क्रेष्ट माइक्रो लाइफको शेयरमा सर्वाधिक वृद्धि

    शुक्रबार कारोबारमा आएका कम्पनीमध्ये क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक १४.०८ प्रतिशत बढेको छ । बेनी हाइड्रोपावर प्रोजेक्टको शेयरमूल्य पनि साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

    यस दिन घोराही सिमेन्ट इण्डष्ट्रीको शेयरमूल्य सर्वाधिक ४.४३ प्रतिशत घटेको छ ।

    घोराही सिमेन्टको सर्वाधिक कारोबार

    कारोबार रकमका आधारमा घोराही सिमेन्ट इण्डष्ट्री शीर्ष स्थानमा रहेको छ । कम्पनीको २१ करोड ६३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

    त्यस्तै, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको साढे १२ करोड रुपैयाँभन्दा बढी र रिलायन्स स्पिनिङ मिल्सको करिब १२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

    १२ उपसमूहको परिसूचक बढ्यो

    नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ ।

    यस दिन अन्य उपसमूहको परिसूचक ०.८८ प्रतिशत घटेको छ । बाँकी सबै उपसमूहको परिसूचक सामान्य अंकले बढेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend