images

२०८३ कार्तिक २९ गते

images
images
images

एनपिएलः पोखराद्वारा काठमाण्डुसामु २२५ रनको लक्ष्य

एनपिएलः पोखराद्वारा काठमाण्डुसामु २२५ रनको लक्ष्य

images
images
आइतवार, कार्तिक २९ २०८३
आइतवार, कार्तिक २९ २०८३
  • काठमाडौँ, २९ कात्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजसामु २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ । एनपिएलका तीनवटा संस्करणसम्म आइपुग्दा पोखरा एभेन्जर्सले बनाएको २२४ रनको योगफल हालसम्मकै उच्च हो । यसअघि गत वर्ष दोस्रो संस्करणको एनपिएलमा विराटनगरले पोखराविरुद्ध २२० रन बनाएको थियो ।  

    images
    images

    कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनायो । पोखराका लागि कुशल भुर्तेल र युवराज सिंह साम्राले उत्कृष्ट पारी खेले । भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन तथा साम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रनको पारी खेले । यस्तै, कप्तान चमिका करुणारत्नेले अविजित १९ रन बनाए । 

    बलिङतर्फ काठमाण्डुका लागि करण केसीले दुई र जहानदाद खानले एक विकेट लिए । काठमाण्डुविरुद्ध प्रतिस्पर्धा गर्न लागेको पोखरा प्लेअफ पुग्नबाट  यसअघि नै बाहिरिसकेको छ । अङ्क तालिकाको तेस्रो स्थानमा रहेको काठमाण्डुले भने छ खेल खेल्दा चारमा जित र दुईमा हार बेहोरेको छ । काठमाण्डु गोर्खाजले अहिले पोखरा एभेन्जर्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend