images

२०८३ कार्तिक २९ गते

images
images
images
  • समाचार
  • एनपीएलका आज लिग चरणका अन्तिम दुई...

एनपीएलका आज लिग चरणका अन्तिम दुई खेल, प्लेअफ टोलीको वरीयता टुंगिने

एनपीएलका आज लिग चरणका अन्तिम दुई खेल, प्लेअफ टोलीको वरीयता टुंगिने

images
images
आइतवार, कार्तिक २९ २०८३
आइतवार, कार्तिक २९ २०८३
  • काठमाडौँ, २९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यी खेलले प्लेअफमा स्थान बनाइसकेका टोलीको अन्तिम वरीयता निर्धारण गर्नेछ।

    images
    images

    आज दिउँसो १२ः३० बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। सात अंकसहित तालिकाको चौथो स्थानमा रहेको चितवनले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। कर्णाली भने सातौँ स्थानमा छ।

    त्यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाज आमनेसामने हुनेछन्। आठ अंकसहित तेस्रो स्थानमा रहेको काठमान्डुले आजको खेल जितेमा १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिनेछ।

    images
    images

    यसअघि विराटनगर किंग्सलाई पराजित गरेको लुम्बिनी लायन्स ११ अंकसहित शीर्ष स्थानमा रहँदै लिग चरणका खेल पूरा गरिसकेको छ।

    आजका दुई खेलपछि प्लेअफमा पुग्ने चारै टोलीको अन्तिम वरीयता तय हुनेछ। त्यसैले लिग चरणको अन्तिम दिनका खेलले प्लेअफ समीकरण र टोलीहरूको स्थान निर्धारणमा महत्वपूर्ण भूमिका खेल्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend