images

२०८३ कार्तिक २९ गते

images
images
images
  • समाचार
  • छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक...

छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

images
images
आइतवार, कार्तिक २९ २०८३
आइतवार, कार्तिक २९ २०८३
  • काठमाडौं । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै २०८३ कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिने जनाएको हो ।

    images
    images

    यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिएको थियो । छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परा रहेकाले पर्वको भोलिपल्ट समेत बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामार्फत सम्बन्धित सबैलाई सोमबारको सार्वजनिक बिदाबारे जानकारी गराइएको छ ।

    images
    images

    यस निर्णयसँगै छठ पर्वको अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend