काठमाडौं, २९ कात्तिक । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले छठ पर्वको सार्वजनिक बिदाका दिन पनि आफ्ना कार्यालय खुला राख्ने भएको छ ।
संस्थाले सूचना जारी गर्दै सदस्यहरूको बचत जम्मा तथा ऋणको किस्ता भुक्तानीलाई सहज बनाउने उद्देश्यले २०८३ कात्तिक ३० गते मुख्य कार्यालय तथा सेवाकेन्द्रहरू नियमित समय अनुसार खुला रहने जनाएको हो ।
सरकारले छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि सदस्यहरूको सुविधालाई ध्यानमा राख्दै कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ ।
संस्थाकी सूचना अधिकारी सुमित्रा त्रिपाठीद्वारा जारी सूचनामा सदस्यहरूलाई उक्त दिन कार्यालयबाट सेवा लिन अनुरोध गरिएको छ ।





.gif)





