काठमाडौं, २९ कात्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १२ पदमा कर्मचारी माग गरेको छ । संस्थाले व्यवस्थापकीय, अधिकृत तथा सहायक तहका पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो ।
संस्थाले वरिष्ठ प्रबन्धक, प्रबन्धक र सहायक प्रबन्धक पदमा एक–एक जना कर्मचारी माग गरेको छ । त्यस्तै, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक तथा प्रशिक्षार्थी पदमा समेत केही संख्यामा कर्मचारी माग गरेको छ ।
संस्थाको केन्द्रीय कार्यालय, इलाका कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरिएको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले संस्थाको आधिकारिक वेबसाइट www.samata.org.np को करियर सेक्सनमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
संस्थाले आवेदन दिने अन्तिम मिति २०८३ मंसिर १७ गते तोकेको छ ।





.gif)





