images

२०८३ कार्तिक २९ गते

images
images
images
  • शेयर
  • प्रि–ओपन सेसनमै घट्यो नेप्से, २६४९ विन्दुमा...

प्रि–ओपन सेसनमै घट्यो नेप्से, २६४९ विन्दुमा झर्‍यो

प्रि–ओपन सेसनमै घट्यो नेप्से, २६४९ विन्दुमा झर्‍यो

images
images
शुक्रवार, कार्तिक २७ २०८३
शुक्रवार, कार्तिक २७ २०८३
  • काठमाडौं, २७ कात्तिक । तिहारको लामो बिदापछि खुलेको सेयर बजारको पहिलो कारोबार दिन प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.३३ अङ्कले घटेको छ।

    images
    images

    अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार २.६४ अङ्कले बढेर २ हजार ६५५.२२ विन्दुमा बन्द भएको नेप्से आज प्रि–ओपन सेसनमा ५.३३ अङ्कले घटेर २ हजार ६४९.८९ विन्दुमा झरेको हो।

    यस दिन सेन्सेटिभ इण्डेक्स पनि १.१० अङ्कले घटेको छ।

    images
    images

    शुक्रबारको प्रि–ओपन सेसनमा ५७ वटा कम्पनीको ११७ पटक कारोबार भएको थियो। उक्त कारोबारमा १४ हजार ५१६ कित्ता सेयर २६ लाख ६१ हजार ४०२ रुपैयाँ ५० पैसामा खरिदबिक्री भएको छ।

    कारोबारमा आएका कम्पनीमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने ३६ वटाको मूल्य घटेको छ। बाँकी ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend