images

२०८३ कार्तिक २९ गते

images
images
images

सेयर बजार खुलेको  पहिलो दिनमै घट्यो,

सेयर बजार खुलेको  पहिलो दिनमै घट्यो,

images
images
शुक्रवार, कार्तिक २७ २०८३
शुक्रवार, कार्तिक २७ २०८३
  • काठमाडौं, २७ कात्तिक । तिहारको लामो बिदापछि खुलेको सेयर बजार पहिलो कारोबार दिनमै घटेर बन्द भएको छ। तिहारअघि सकारात्मक देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तिहारपछि भने नकारात्मक बनेको हो।

    images
    images

    शुक्रबार नेप्से परिसूचक ६.३२ अंकले घटेर २ हजार ६४८.८९ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.५८ अंक, फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंकले घटेका छन्।

    नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। यस दिन ३३५ वटा कम्पनीको ३१ हजार ३२३ पटकको कारोबारमा ७८ लाख ४४ हजार कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार रुपैयाँ पुगेको छ।

    images
    images

    श्वेतगंगाको मूल्यमा सर्वाधिक वृद्धि

    यस दिन श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर मूल्य सर्वाधिक ७.५६ प्रतिशतले बढेको छ। सामलिङ पावर कम्पनीको सेयर मूल्य करिब ६ प्रतिशत र एशियन हाइड्रोपावरको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ।

    यता, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ९.५६ प्रतिशतले घटेको छ।

    घोराही सिमेन्टको सर्वाधिक कारोबार

    कारोबार रकमका आधारमा घोराही सिमेन्ट इण्डष्ट्री शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४० करोड ७ लाख ४२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

    त्यस्तै, सानिमा माई हाइड्रोपावर र श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको कारोबार रकम ९ करोड रुपैयाँ नाघेको छ।

    ९ उपसमूहको परिसूचक घट्यो

    नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ।

    यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सर्वाधिक ८३.५८ अंकले घटेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend