images

२०८३ आश्विन १५ गते

images
images
images

मुक्तिनाथ विकास बैंकले डाक्यो साधारणसभा

मुक्तिनाथ विकास बैंकले डाक्यो साधारणसभा

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको बुलौदीस्थित पोखरा इमेन्ट सेन्टरमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    images
    images

    सभाले १०० रुपैयाँ अंकित दरले २ अर्ब रुपैयाँ बराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न नियमनकारी निकायबाट स्वीकृति लिने विशेष प्रस्ताव पारित गर्नेछ। अग्राधिकार शेयर जारीपछि हाल कायम जारी तथा चुक्तापुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९.८ रुपैयाँबाट वृद्धि गरी ८ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९.८ रुपैयाँ कायम गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

    हाल कायम अधिकृत पुँजी ८ अर्ब रुपैयाँबाट वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याउने र सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरको बाटो पनि खुला गर्नेछ। अन्य बैंक तथा वित्तीय संस्था मर्जरका लागि उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

    images
    images

    सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति स्वीकृत गर्दै काठमाडौंको कमलादीबाट लाजिम्पाटमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्नका लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ।सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend