images

२०८३ कार्तिक २९ गते

images
images
images

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

images
images
बिहिवार, कार्तिक १९ २०८३
बिहिवार, कार्तिक १९ २०८३
  • काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार शेयर बजार घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सकारात्मक बनेको नेप्से परिसूचक यस दिन भने दोहोरो अंकले घटेको हो।

    images
    images

    यस दिन नेप्से परिसूचक १२.९५ अंकले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.५७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंकले घटेका छन्।

    नेप्सेसँगै यस दिन कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन बुधबार ७ अर्ब ४३ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बिहीबार ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ।

    images
    images

    यस दिन ३४९ स्टकको ४४ हजार ४१२ पटकको कारोबारमा १ करोड २३ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    कारोबारमा आएका अधिकांश स्टकको मूल्यमा गिरावट देखिएको छ। यस दिन १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ५.०९ प्रतिशतले घटेको छ। त्यस्तै, चिरख्वा हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढीले घटेको छ। मूल्य बढेका स्टकहरूको वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ।

    कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको १८ करोड १९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको साढे १४ करोड रुपैयाँभन्दा बढी र घलेम्दी हाइड्रोको १४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

    १३ उपसमूहमध्ये यस दिन लघुवित्त उपसमूहको परिसूचक मात्रै बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ६६.१२ अंकले घटेको छ।

    यस दिनको कारोबारले शेयर बजारमा परिसूचकसँगै कारोबार रकममा समेत दबाब देखिएको संकेत गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend