काठमाडौं, १७ कात्तिक। साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार सकारात्मक भएर बन्द भएको छ। कारोबारको अधिकांश समय गिरावटमा रहेको नेप्से परिसूचक अन्तिम समयमा सुधारिँदै ६.६२ अंकले बढेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ६.६२ अंकले बढेर २ हजार ६६४.१३ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.४८ अंक, फ्लोट इन्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.।५५ अंकले बढेका छन्।
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन सोमबार ७ अर्ब १८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ।
यस दिन ३४९ कम्पनीका १ करोड ५४ लाख २० हजार कित्ता सेयर ५७ हजार ४४ पटकको कारोबारमार्फत खरिदबिक्री भएका छन्।
शिखर पावरको सेयर मूल्य सर्वाधिक बढ्यो
मंगलबार शिखर पावर डेभलपमेन्टको सेयर मूल्य सर्वाधिक ५.९४ प्रतिशतले बढेको छ। त्यस्तै, रिभर फल्स पावरको सेयर मूल्य पनि करिब ६ प्रतिशतले वृद्धि भएको छ।
यता पछिल्ला दिनमा लगातार सकारात्मक सर्किटमा कारोबार हुँदै आएको बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्य भने यस दिन सर्वाधिक ५.०४ प्रतिशतले घटेको छ।




.gif)





