काठमाडौं, १७ कात्तिक । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक ३.७७ अंकले घटेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन सोमबार ३२.६५ अंक घटेर २ हजार ६५७.५० विन्दुमा बन्द भएको नेप्से मंगलबार प्रि–ओपन सेसनमा थप घटेर २ हजार ६५३.७३ विन्दुमा झरेको हो। यद्यपि, यस अवधिमा सेन्सेटिभ इन्डेक्स भने ०.४१ अंकले बढेको छ।
मंगलबारको प्रि–ओपन सेसनमा ५४ वटा कम्पनीको सेयर कारोबार भएको छ। कुल ९१ पटकको कारोबारमा ५२ हजार ३६३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ करोड ५१ लाख २२ हजार ३२६ रुपैयाँबराबरको कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीमध्ये १३ वटाको सेयर मूल्य बढेको छ भने ३२ वटाको मूल्य घटेको छ। बाँकी ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसले बजार खुल्नुअघि नै अधिकांश कम्पनीको सेयर मूल्यमा बिक्री चाप देखिएको संकेत गरेको छ।




.gif)





