images

२०८३ कार्तिक १६ गते

images
images
images
  • बैंक वित्त
  • महालक्ष्मी विकास बैंकको नाफा २१.४९ प्रतिशतले...

महालक्ष्मी विकास बैंकको नाफा २१.४९ प्रतिशतले बढ्यो,

महालक्ष्मी विकास बैंकको नाफा २१.४९ प्रतिशतले बढ्यो,

images
images
सोमवार, कार्तिक १६ २०८३
सोमवार, कार्तिक १६ २०८३
  • काठमाडौं । महालक्ष्मी विकास बैंकको खुद नाफा चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासमा २१।४९ प्रतिशतले वृद्धि भएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

    images
    images

    गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार बैंकको नाफा एक वर्षको अवधिमा करिब २ करोड ९ लाख रुपैयाँले बढेको छ।

    नाफामा सुधार देखिए पनि बैंकको खराब कर्जामा भने वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५.५० प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ६.४९ प्रतिशत पुगेको छ।

    images
    images

    बैंकको खुद ब्याज आम्दानी १.७० प्रतिशतले बढेर ५१ करोड ४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज ३२.३७ प्रतिशतले घटेर १० करोड ६७ लाख रुपैयाँमा झरेको छ।

    बैंकको वितरणयोग्य नाफा २१.७५ प्रतिशतले वृद्धि भएर ४७ करोड ६२ लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी (ईपीएस) पनि गत वर्षको ९ रुपैयाँ ८ पैसाबाट बढेर १० रुपैयाँ ५० पैसा कायम भएको छ।

    यता, बैंकको पुँजीकोष अनुपात भने गत वर्षको १७.६० प्रतिशतबाट घटेर १६.९२ प्रतिशतमा झरेको छ। बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८६.४५ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ।

    यसरी पहिलो त्रैमासमा महालक्ष्मी विकास बैंकको नाफा र वितरणयोग्य नाफामा सुधार देखिए पनि निष्क्रिय कर्जा अनुपात बढ्नु बैंकका लागि चुनौतीका रूपमा देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend