images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • मन्त्री सीता बादी र अस्ट्रेलियाली राजदूत...

मन्त्री सीता बादी र अस्ट्रेलियाली राजदूत अन्स्र्टबीच भेटवार्ता

मन्त्री सीता बादी र अस्ट्रेलियाली राजदूत अन्स्र्टबीच भेटवार्ता

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरूबिच नेपाल–अस्ट्रेलियाबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउनुपर्नेमा जोड दिइएको थियो ।मन्त्रालयमा भएको भेटवार्तामा महिला सशक्तीकरण, बाल अधिकार तथा संरक्षण, अपाङ्गता समावेशीकरण, सामाजिक सुरक्षा, हेरचाह अर्थतन्त्र (केयर इकोनोमी), मानव संसाधन विकास तथा नीतिगत अनुभव आदानप्रदानका विषयमा छलफल भएको थियो ।

    images
    images

    नेपाल र अस्ट्रेलियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको मन्त्री बादीले उल्लेख गरिन् । आगामी दिनमा आपसी सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा उनले जोड दिइन् । शिक्षा, मानव विकास, सुशासन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा अस्ट्रेलियाले नेपाललाई गर्दै आएको विकास सहयोगप्रति उनले धन्यवाद व्यक्त गरिन् ।त्यसैगरी, अस्ट्रेलियाको छात्रवृत्ति कार्यक्रममार्फत नेपाली विद्यार्थी, अनुसन्धानकर्ता, विभिन्न क्षेत्रका पेसाकर्मी तथा सरकारी कर्मचारीको ज्ञान, सीप र व्यावसायिक क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको मन्त्री बादीले बताइन् । यसबाट नीति निर्माण, कार्यान्वयन तथा सार्वजनिक सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव परेको उनले उल्लेख गरिन् ।

    सामाजिक सुरक्षा र हेरचाह अर्थतन्त्रबिचको अन्तरसम्बन्धका विषयमा चर्चा गर्दै महिलाले घरायसी तथा हेरचाहका क्षेत्रमा गर्दै आएको योगदानलाई आर्थिक रूपमा पहिचान र मूल्याङ्कन गर्न आवश्यक रहेको मन्त्री बादीले बताइन् । आगामी दिनमा नेपाल–अस्ट्रेलिया सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी प्रविधि तथा नीतिगत अनुभव हस्तान्तरण, संस्थागत क्षमता विकास र जनस्तरको सम्बन्ध विस्तारसहितको पारस्परिक साझेदारीका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिइन् ।भेटका क्रममा राजदूत अन्स्र्टले नेपाल–अस्ट्रेलियाबिचको विद्यमान सहकार्यको महत्त्व उल्लेख गर्दै आपसी हित र प्राथमिकताका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजान सकारात्मक धारणा व्यक्त गरे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend