काठमाडौं, १६ कात्तिक । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२।८३ का लागि शेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यससँगै संस्थाका शेयरधनीले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट बोनस शेयर वा नगद लाभांश पाउने छैनन्।
त्यसैगरी, संस्थाले आर्थिक वर्ष २०८२।८३ को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ।
केन्द्रीय बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि त्यसलाई अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेस गरिने संस्थाले जनाएको छ।




.gif)





