images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य...

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफामा पनि संकुचन

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफामा पनि संकुचन

images
images
बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं, २१ साउन । कृषि विकास बैंक लिमिटेड (एडीबीएल) ले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा, सञ्चालन नाफा तथा वितरणयोग्य मुनाफामा उल्लेख्य गिरावट आएको छ भने निक्षेप र कर्जा विस्तारमा भने वृद्धि भएको देखिएको छ।

    images
    images

    बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँबाट २९.५२ प्रतिशत घटेर २ अर्ब ६३ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, खुद ब्याज आम्दानी पनि ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँबाट घटेर ९ अर्ब १२ करोड १५ लाख रुपैयाँमा पुगेको छ।

    समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ५ अर्ब २१ करोड ८ लाख रुपैयाँबाट घटेर ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँमा झरेको छ। यसैबीच, कर्जा नोक्सानी व्यवस्था भने ६३ करोड ७ लाख रुपैयाँबाट बढेर १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुगेको छ, जसले नाफामा दबाब परेको देखिन्छ।

    images
    images

    नियमनकारी समायोजनपछि बैंकको वितरणयोग्य नाफा पनि उल्लेख्य रूपमा घटेको छ। अघिल्लो वर्ष २ अर्ब ४३ करोड ३० लाख रुपैयाँ रहेको वितरणयोग्य नाफा घटेर ५७ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ। सञ्चित नाफा तथा नगद लाभांश समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब २६ करोड २१ लाख रुपैयाँ रहेको छ। यसअनुसार प्रतिशेयर वितरणयोग्य नाफा ६ रुपैयाँ ५४ पैसा कायम भएको बैंकले जनाएको छ।

    बैंकको चुक्ता पूँजी १९ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ रहेको छ भने कुल इक्विटी ३८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।

    यद्यपि बैंकको व्यवसाय विस्तार भने सकारात्मक देखिएको छ। असार मसान्तसम्म बैंकको निक्षेप १८.३६ प्रतिशतले बढेर ३ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह पनि १६.२४ प्रतिशतले वृद्धि भएर २ खर्ब ४७ अर्ब १४ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend