images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • एलपी ग्यासको अभाव क्रमशः हट्दै, काठमाडौँमा...

एलपी ग्यासको अभाव क्रमशः हट्दै, काठमाडौँमा दैनिक ६०–७० हजार सिलिन्डर आपूर्ति हुँदै

एलपी ग्यासको अभाव क्रमशः हट्दै, काठमाडौँमा दैनिक ६०–७० हजार सिलिन्डर आपूर्ति हुँदै

images
images
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर देखिएको खाना पकाउने एलपी ग्यासको अभाव क्रमशः हट्दै जाने क्रममा रहेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ । बाटो अवरोधका कारण केही दिन ग्यास बुलेट आवागमन प्रभावित भए पनि अहिले आपूर्ति तीव्र पारिएको संघका अध्यक्ष दिवानबहादुर चन्दले बताए ।अध्यक्ष चन्दका अनुसार हाल भारतका विभिन्न रिफाइनरीहरूबाट दैनिक १२५ देखि १३० बुलेट ग्यास नेपाल भित्रिरहेको छ। जसमध्ये काठमाडौँ उपत्यकालाई लक्षित गरी दैनिक करिब ६० बुलेट (६० देखि ७० हजार सिलिन्डर बराबर) ग्यास आपूर्ति भइरहेको छ ।‘काठमाडौँको सामान्य दैनिक खपत करिब ४० हजार सिलिन्डर मात्र हो,’ अध्यक्ष चन्दले भने, ‘अहिले मागभन्दा धेरै अर्थात् दैनिक ६० देखि ७० हजार सिलिन्डर बराबरको ग्यास उपत्यकामा आइरहेको छ । तर, यसअघि अभावका कारण उपभोक्ताका घरमा सिलिन्डर खाली रहेकाले माग धान्न केही दिन समय लागेको हो ।’

    images
    images

    संघका अनुसार हाल भारतको बरौनी रिफाइनरीबाट आउने दैनिक २० देखि २५ बुलेट ग्यास सिधै काठमाडौँ पठाइएको छ। यस्तै, पारादीपबाट आउने दैनिक करिब ६० बुलेट ग्यासमध्ये ५० प्रतिशत काठमाडौँमै आउने व्यवस्था मिलाइएको छ ।यद्यपि, भारतको दुर्गापुरस्थित प्लान्टको पाइपलाइनमा आगलागी तथा प्राविधिक समस्या आएका कारण त्यहाँबाट भने अझै आपूर्ति सुरु हुन सकेको छैन । अनलाइन पाइपलाइन प्रणाली मर्मतको काम सकिएपछि त्यहाँबाट पनि नियमित आपूर्ति हुने बताइएको छ ।बजारमा पर्याप्त ग्यास भित्रिए पनि सामान्य उपभोक्ताले सहजै ग्यास नपाउनुमा वितरण प्रणालीको कमजोरी र डिलरहरूको मनोमानी मुख्य कारण रहेको अध्यक्ष चन्दले औँल्याए ।कमिसन बचाउने लोभमा ग्यास डिलरहरूले साना किराना पसलहरूलाई ग्यास नदिई आफ्नै काउन्टरबाट मात्र बिक्री वितरण गर्दा टोलटोलका उपभोक्ता मारमा परेको उनले बताए । 

    ‘बजारमा प्रशस्त ग्यास हुँदा डिलरहरूले किराना पसलहरूलाई दिन्छन्, तर अलिकति माग बढ्नेबित्तिकै कमिसन आफैँ राख्न आफ्नै काउन्टरबाट मात्र बेच्ने गर्छन्। यसले गर्दा साना पसलबाट सिलिन्डर किन्ने सर्वसाधारणले अभाव झेल्नुपरेको हो,’उनले भने ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend