काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरू तथा अन्तर जिल्लाबाट मतदानको व्यवस्थाका लागि विभिन्न राजनीतिक दलहरूसँग छलफल गरी निचोडमा पुग्ने तयारी गरेको छ । त्यसका लागि आयोगले आज शुक्रबार केन्द्रीय कार्यालय काठमाडौँमा तीनै तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफलको आयोजना गरेको छ । बिहान साढे ११ बजेपछि सुरु हुने छलफलमा ४० भन्दा धेरै दलका नेताहरूलाई बोलाइएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । त्यसबाहेक निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगका विषयमा समेत आयोग र दलहरूबिच छलफल हुनेछ । सूचना अधिकारी घिमिरेले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४७ को व्यवस्थाअनुसार छलफल गर्न लागिएको बताए ।
विदेशमा रहेका र अन्तर जिल्लाबाट मतदानको व्यवस्था हुनुपर्ने माग लामो समयदेखि हुँदै आए पनि आवश्यक कानुनी व्यवस्था र अन्य व्यवस्थापन अभावमा यो माग सम्बोधन हुन सकेको छैन । त्यसका आयोगले एकीकृत कानुन मस्यौँदा बनाएर गृह मन्त्रालयमा पठाएको लामो समय भए पनि त्यहाँबाट अघि बढ्न सकेको छैन ।




.gif)



