images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज...

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

images
images
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको प्रस्तावित लाभांश प्राप्त गर्न चाहने लगानीकर्ताका लागि आज सेयर किन्नुपर्ने अन्तिम अवसर रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १६ गते बुक क्लोज गर्ने भएकाले असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीले मात्र लाभांश पाउनेछन्।

    images
    images

    बैंकले असोज २८ गते काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे २५औँ वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभाले बैंकको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावमाथि निर्णय गर्नेछ।यससँगै अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई १३६ दिनको समानुपातिक अवधिका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। साधारण सभाले प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने तथा आगामी अवधिका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमा समेत निर्णय गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend