images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • लक्ष्मी सनराइज क्यापिटलद्वारा बाढीपीडितका लागि २१...

लक्ष्मी सनराइज क्यापिटलद्वारा बाढीपीडितका लागि २१ लाखभन्दा बढी सहयोग

लक्ष्मी सनराइज क्यापिटलद्वारा बाढीपीडितका लागि २१ लाखभन्दा बढी सहयोग

images
images
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ ।लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गत भदौ १०, २०८३ मा रसुवा लगायतका क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा कम्पनी तथा कम्पनीमा कार्यरत कर्मचारीहरुका तर्फबाट २१ लाख ५७ हजार ४१८ रूपैयाँ सहयोग गरेको छ ।भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीेका कारण प्रभावित नागरिकहरुको आवश्यकता सम्बोधन गर्न, राहत तथा उद्धारका प्रयासमा सहयोग पुर्याउन र प्रभावित समुदायको पुनस्र्थापनामा योगदान गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो ।

    images
    images

    विपद्को यस कठिन परिस्थितिमा सहयोगी समुदायप्रति ऐक्यबद्धता व्यक्तगर्दै लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न तथा कर्मचारीहरुको व्यक्तिगत योगदानबाट संकलन  गरी उक्त रकम राहत कोषमा जम्मा गरिएको जनाएको छ । लक्ष्मी सनराइज क्यापिटलले यस विपद्को कारण ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै सकुशल उद्धार गरिएका घाइतेहरुको शीध्र स्वास्थ्यलाभको समेत कामना गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend