images

२०८३ कार्तिक १७ गते

images
images
images

कामना सेवा फुट्सल कपको छैटौँ संस्करण सम्पन्न, ३० टोलीको सहभागिता

कामना सेवा फुट्सल कपको छैटौँ संस्करण सम्पन्न, ३० टोलीको सहभागिता

images
images
सोमवार, कार्तिक १६ २०८३
सोमवार, कार्तिक १६ २०८३
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुट्सल कप’ को छैटौँ संस्करण सम्पन्न भएको छ।

    images
    images

    बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिता आइतबार धन्यन्तरी फुट्सलमा सम्पन्न भएको हो।

    प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो।

    images
    images

    बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख सञ्चालन अधिकृतलगायत विभिन्न विभागका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    प्रतियोगिताको सुरुवातमा नेपाल आर्थिक पत्रकार संघ, नेपाल खेलकुद पत्रकार मञ्च र नेपाल विज्ञापन संघबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो। उक्त मैत्रीपूर्ण प्रतिस्पर्धामा नेपाल आर्थिक पत्रकार संघले उपाधि जित्न सफल भएको थियो।

    मैत्रीपूर्ण खेलसँगै सुरु भएको मुख्य प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

    बैंकले आफ्नो वार्षिकोत्सवलाई खेलकुदसँग जोड्दै वित्तीय क्षेत्रका संस्थाहरूबीच आपसी सम्बन्ध, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिँदै आएको जनाएको छ।

    KAMANA BANK TRAPHY.png
    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend