images

२०८३ कार्तिक १६ गते

images
images
images
  • समाचार
  • एनपिएलः चितवनद्वारा सुदूरपश्चिमसामु १३० रनको लक्ष्य...

एनपिएलः चितवनद्वारा सुदूरपश्चिमसामु १३० रनको लक्ष्य प्रस्तुत

एनपिएलः चितवनद्वारा सुदूरपश्चिमसामु १३० रनको लक्ष्य प्रस्तुत

images
images
सोमवार, कार्तिक १६ २०८३
सोमवार, कार्तिक १६ २०८३
  • काठमाडौँ, १६ कात्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२९ रन बनायो ।

    images
    images

    उसका लागि मध्यक्रमका ब्याटर रवि बोपाराले ४० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४९ रनको पारी खेले । यस्तै, डेविड मलानले १६, कप्तान सिकन्दर राजा र अर्जुन साउदले समान १५।१५ तथा विवेककुमार यादवले १७ रन जोडे ।

    सुदूरपश्चिमका लागि बलिङतर्फ स्कट कुग्लाइनले दुई तथा कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान एकरएक विकेट लिए । जारी प्रतियोगितामा अहिलेसम्म चितवन अपराजित छ । उसले दुई खेल खेल्दा एकमा जित र एक खेलमा अङ्क बाँडेको छ । उता सुदूरपश्चिमले तीन खेलमध्ये दुईमा हार र एक खेलमा मात्र जित निकालेको छ । आजै भएको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाण्डु गोर्खाजले चार विकेटको जित निकालेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend