images

२०८३ कार्तिक २९ गते

images
images
images

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो,

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो,

images
images
सोमवार, कार्तिक १६ २०८३
सोमवार, कार्तिक १६ २०८३
  • काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

    images
    images

    गत शुक्रबार ५.४५ अंक घटेर २ हजार ६९०.१५ विन्दुमा बन्द भएको नेप्से परिसूचक सोमबार प्रि–ओपन सेसनमा थप ०.०४ अंकले घटेर २ हजार ६९०.१० विन्दुमा झरेको हो। यस अवधिमा सेन्सेटिभ इण्डेक्स भने ०.०८ अंकले बढेको छ।

    सोमबार प्रि–ओपन सेसनमा कुल ८९ वटा कम्पनीको शेयर कारोबार भएको छ। उक्त अवधिमा २२७ पटकको कारोबारमार्फत ३७ हजार २९७ कित्ता शेयर खरिदबिक्री हुँदा १ करोड ६४ लाख १० हजार २४ रुपैयाँ बराबरको कारोबार भएको छ।

    images
    images

    कारोबारमा आएका कम्पनीमध्ये २५ वटाको शेयर मूल्य बढेको छ भने ४५ वटाको मूल्य घटेको छ। बाँकी १९ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।

    प्रि–ओपन सेसनमा सामान्य गिरावट देखिएसँगै अब नियमित कारोबारमा नेप्सेको दिशा कस्तो रहनेछ भन्ने चासो लगानीकर्तामा देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend