images

२०८३ कार्तिक १७ गते

images
images
images
  • स्वास्थ्य
  • जामाचो रानीवन क्लबको रक्तदान कार्यक्रममा ४२...

जामाचो रानीवन क्लबको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन

जामाचो रानीवन क्लबको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन

images
images
शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • काठमाडौं, १४ कात्तिक । काठमाडौंको जामाचो रानीवन क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको छ ।

    images
    images

    शनिबार काठमाडौंको रानीवनमा आयोजित रक्तदान कार्यक्रममा ४२ जना रक्तदाताले रक्तदान गरेका हुन् । क्लबका अध्यक्ष गौतमप्रसाद खनालले कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको जानकारी दिए ।

    मेट्रो ब्लड बैंक महाराजगञ्जको सहकार्यमा सम्पन्न उक्त कार्यक्रम विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई हुन सक्ने रगत अभाव न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको अध्यक्ष खनालले बताए ।

    images
    images

    सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको क्लबले यसअघि गत वर्ष भदौमा भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई आवश्यक रगत उपलब्ध गराउन अभियान सञ्चालन गरी रक्त संकलन गरेको थियो ।

    क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान लगायतका मानवीय तथा सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend