images

२०८३ कार्तिक १४ गते

images
images
images
  • स्वास्थ्य
  • रक्तदान कार्यक्रममा सहभागी हुन जामाचो रानीवन...

रक्तदान कार्यक्रममा सहभागी हुन जामाचो रानीवन क्लबको हार्दिक आह्वान

रक्तदान कार्यक्रममा सहभागी हुन जामाचो रानीवन क्लबको हार्दिक आह्वान

images
images
शुक्रवार, कार्तिक १३ २०८३
शुक्रवार, कार्तिक १३ २०८३
  • काठमाडौं । जामाचो रानीवन क्लबले आगामी कात्तिक १४ गते शनिबार बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। क्लबले रक्तदान कार्यक्रममा सहभागी भई मानवीय सेवाको अभियानलाई सफल बनाउन सम्पूर्ण रक्तदाता, समाजसेवी, स्थानीयवासी तथा सर्वसाधारणमा हार्दिक आह्वान गरेको छ।

    images
    images

    क्लबका अनुसार रक्तदान कार्यक्रम काठमाडौंको बनस्थली पश्चिम, नागार्जुनस्थित रानीवन पानीट्याङ्कीको प्राङ्गणमा रहेको क्लबको कार्यालय परिसरमा आयोजना हुनेछ।

    हालै गठन भएको जामाचो रानीवन क्लब विशुद्ध सामाजिक उद्देश्यले स्थापना भएको संस्था हो। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध व्यक्तिहरूको सक्रिय सहभागिता रहेको क्लबले सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक हितका कार्यलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

    images
    images

    क्लबले रक्तदान कार्यक्रमलाई सफल बनाउन आफ्नो समय मिलाएर उपस्थित हुन तथा परिवार, आफन्त, साथीभाइ र परिचितहरूलाई समेत कार्यक्रममा सहभागी गराउन अनुरोध गरेको छ।

    रगतको अभावमा कुनै पनि व्यक्तिले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको यस कार्यक्रमले आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगतको व्यवस्थापनमा समेत सहयोग पुग्ने क्लबको विश्वास छ।

    क्लबले भविष्यमा आफू वा आफ्ना परिवारका सदस्यलाई रगत आवश्यक परेको अवस्थामा समेत सामाजिक सञ्जाल र आपसी सम्पर्कमार्फत सहयोग जुटाउन सकिने विश्वास व्यक्त गरेको छ।

    हाम्रो सानो प्रयास र तपाईंको एक थोपा रगतले कसैको अमूल्य जीवन बचाउन सक्छु भन्ने सन्देशसहित क्लबले सबैलाई रक्तदानजस्तो पुण्य तथा मानवीय कार्यमा सहभागी हुन आग्रह गरेको छ।

    कार्यक्रम विवरणः
    आयोजकः जामाचो रानीवन क्लब
    कार्यक्रमः बृहत् रक्तदान कार्यक्रम
    मितिः २०८३ साल कात्तिक १४ गते, शनिबार
    स्थानः रानीवन पानीट्याङ्कीको प्राङ्गण, बनस्थली पश्चिम, नागार्जुन, काठमाडौं (क्लबको कार्यालय परिसर)

    मानवताको सेवामा हातेमालो गर्दै रक्तदान अभियानलाई सफल बनाउन क्लबले सम्पूर्ण नगरवासी तथा शुभेच्छुकहरूमा सहयोगको अपेक्षा गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend