images

२०८३ कार्तिक २९ गते

images
images
images
  • शेयर
  • नेप्से ३३ अंकले बढ्यो, कारोबार रकम...

नेप्से ३३ अंकले बढ्यो, कारोबार रकम साढे ७ अर्ब नजिक

नेप्से ३३ अंकले बढ्यो, कारोबार रकम साढे ७ अर्ब नजिक

images
images
बुधवार, कार्तिक ११ २०८३
बुधवार, कार्तिक ११ २०८३
  • काठमाडौं, १२ कात्तिक । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार सामान्य अवस्थामा रहेको बजारमा बुधबार उल्लेख्य सुधार देखिएको हो।

    images
    images

    यस दिन सेन्सेटिभ इन्डेक्स ६.३२ अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स २.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २३९ अंकले वृद्धि भएको छ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

    images
    images

    यस दिन ३४८ वटा स्टकको ६३ हजार ७४४ पटकको कारोबारमा १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

    बेनी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट

    बुधबार बेनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ७० रुपैयाँले बढेर प्रतिकित्ता ५३६ रुपैयाँ ७० पैसा पुगेको छ।

    त्यस्तै, बुटवल पावर कम्पनीको सेयर मूल्य साढे १० प्रतिशतभन्दा बढी बढेको छ। सुपर खुदी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर मूल्य पनि ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

    यस दिन मूल्य घटेका कम्पनीहरूको सेयरमा भने ३ प्रतिशतभन्दा कम गिरावट देखिएको छ।

    लिबर्टी इनर्जीको कारोबार सर्वाधिक

    कारोबार रकमका आधारमा बुधबार लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३२ करोड ५० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

    त्यस्तै, घलेम्दी हाइड्रोपावरको २८ करोड रुपैयाँभन्दा बढी र बुटवल पावर कम्पनीको करिब २६ करोड ५० लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

    १२ उपसमूहको परिसूचक बढ्यो

    बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक सामान्य अंकले घटेको छ।

    यस दिन जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

    समग्रमा बुधबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढेका छन्। अधिकांश उपसमूहमा देखिएको सुधारसँगै बजारमा सकारात्मक गतिविधि देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend