images

२०८३ कार्तिक २९ गते

images
images
images

प्रि–ओपन सेसनमा नेप्से ३.९० अंकले घट्यो

प्रि–ओपन सेसनमा नेप्से ३.९० अंकले घट्यो

images
images
बुधवार, कार्तिक ११ २०८३
बुधवार, कार्तिक ११ २०८३
  • काठमाडौं, १२ कात्तिक । बुधबार सेयर बजारको प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.९० अंकले घटेर २६२६.८६ विन्दुमा झरेको छ।

    images
    images

    अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा बन्द भएको थियो। बुधबार प्रि–ओपन सेसनमा भने नेप्सेमा गिरावट देखिएको हो। यस अवधिमा सेन्सेटिभ इन्डेक्स भने ०.८४ अंकले बढेको छ।

    बुधबारको प्रि–ओपन सेसनमा ५९ वटा कम्पनीको सेयर कारोबार भएको छ। कुल ९२ पटकको कारोबारमा ६७ हजार ४३१ कित्ता सेयर खरिदबिक्री हुँदा ४ करोड ४४ लाख २४ हजार ६७ रुपैयाँ २० पैसाको कारोबार भएको छ।

    images
    images

    कारोबारमा सहभागी ५९ कम्पनीमध्ये १९ वटाको सेयर मूल्य बढेको छ भने ३० वटाको मूल्य घटेको छ। बाँकी १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    प्रि–ओपन सेसनमा नेप्से परिसूचक घटे पनि सेन्सेटिभ इन्डेक्समा वृद्धि देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend