images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • हिमालयन बैंकको ८ लाख ५० हजार...

हिमालयन बैंकको ८ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

हिमालयन बैंकको ८ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । हिमालयन बैंक लिमिटेडले ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। बैंकले चारजना संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको हो।बैंकका अनुसार अमिर रत्न डंगोलको नाममा रहेको १ लाख कित्ता, मिना महर्जनको ३ लाख ९३ हजार ६६९ कित्ता, त्रिरत्न महर्जनको ३ लाख १७ हजार ४७३ कित्ता र विश्वेश श्रेष्ठको नाममा रहेको ३८ हजार ९८२.५७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ।

    images
    images

    यी शेयर यसअघि नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी विभिन्न मितिमा बिक्रीमा राखिएको थियो। तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेपछि बैंकले बाँकी शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।बैंकको संस्थापक शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा रहेको कानून तथा शेयर विभागमा बुझाउनुपर्ने बैंकले जनाएको छ।बिक्रीमा राखिएको संस्थापक शेयरको मूल्यबारे जानकारी लिन चाहनेले पनि सोही विभागमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend