images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • ज्योति विकास बैंकको १८औँ वार्षिक साधारण...

ज्योति विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न

ज्योति विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न

images
images
शुक्रवार, फाल्गुण २९ २०८२
शुक्रवार, फाल्गुण २९ २०८२
  • काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बिहीबार बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्का को सभापतित्वमा सभा सम्पन्न भएको हो।

    images
    images

    सभामा बैंकका शेयरधनी, सञ्चालक समितिका सदस्य, पूर्व सञ्चालक, विभिन्न पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। अध्यक्ष खड्काले पानसमा दीप प्रज्वलन गरी सभाको औपचारिक उद्घाटन गरेका थिए।

    सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।

    images
    images

    यसैगरी, बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेड को आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सहित बैंकको एकीकृत वित्तीय विवरणमाथि पनि छलफल गरी पारित गरिएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

    सभामा अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन संक्षेपमा प्रस्तुत गरेका थिए भने बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षाधीन अवधिमा बैंकले हासिल गरेका प्रमुख उपलब्धिहरूबारे जानकारी गराएका थिए। सो अवसरमा शेयरधनीहरूले वार्षिक प्रतिवेदनमाथि आफ्ना जिज्ञासा र सुझाव व्यक्त गरेका थिए, जसको जवाफ अध्यक्ष खड्का र सीईओ ढकालले दिएका थिए।

    बैंकले आफ्नो खुद मुनाफाबाट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा ५० प्रतिशत बढी रकम सामाजिक कार्यमा खर्च गर्दै आएको जनाएको छ। नवजात शिशुको अकाल मृत्यु रोकथामका लागि ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष करिब २,५९० भन्दा बढी शिशुको जीवन रक्षा गर्न सहयोग पुगेको बैंकले जनाएको छ।

    गत आर्थिक वर्षमा बैंकले करका रूपमा करिब ४१ करोड रुपैयाँ सरकारलाई योगदान गरेको छ। हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको छ।

    हाल Jyoti Bikash Bank ले उपत्यका तथा उपत्यकाबाहिर गरी ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend