images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ बैंकले लाभांश वितरणका लागि साधारण...

सिद्धार्थ बैंकले लाभांश वितरणका लागि साधारण सभा बोलायो

सिद्धार्थ बैंकले लाभांश वितरणका लागि साधारण सभा बोलायो

images
images
आइतवार, कार्तिक २ २०८२
आइतवार, कार्तिक २ २०८२
  • काठमाडौँ । कात्तिक २, सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ।

    images
    images

    बैंकले कात्तिक ३० गते, आइतबारका दिन काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा २४औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको हो। सभा बिहान १० बजे सुरु हुनेछ।

    उक्त सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, नयाँ सञ्चालक नियुक्त गर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको अधिक खर्च अनुमोदन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने जस्ता अन्य प्रस्तावहरु पनि सभामा पारित गरिनेछन्।

    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार, कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend