काठमाडौँ । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले १५.७८९५ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभाममा लैजाने निर्णय गरेको हो ।
कुल लाभांशमध्ये बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५.७८९५ प्रतिशत नगद लाभांश वितरण हुनेछ । गत वर्ष बैंकले १२ प्रतिशत लाभांश वितरण गरेको थियो, यो वर्ष बैंकले लाभांश दर बढाएको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुने बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली जानकारी दिए ।




.gif)





