images

२०८३ आश्विन १६ गते

images
images
images

अमेरिकामा बाढी जलवायु परिवर्तनको गम्भीर सङ्केत

अमेरिकामा बाढी जलवायु परिवर्तनको गम्भीर सङ्केत

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • साक्रामेन्टोः सन् २०२५ को गर्मीयाम अमेरिकाको लागि विशेष रूपमा चुनौती पूर्ण देखिएको छ । देशभर विनाशकारी बाढीहरूका शृङ्खलाले न केवल आपत्कालीन सेवाहरूलाई दबाबमा पारेका छन्, तर वैज्ञानिकहरूले यसलाई जलवायु परिवर्तन सँग सम्बन्धित खतराको गम्भीर सङ्केतका रूपमा पनि व्याख्या गरेका छन् ।

    images
    images

    अमेरिकी मौसम विभागका अनुसार, यो वर्ष जुलाईसम्म मात्र तीन हजार ६०० भन्दा बढी आकस्मिक बाढी चेतावनी जारी गरिसकिएको छ । यो सङ्ख्या वार्षिक औसत (चार हजार) नजिक पुगिसकेको छ र अझ वर्षा जारी रहेमा यसलाई पार गर्न सक्ने अनुमान गरिएको छ ।

    सबैभन्दा ठुलो असर टेक्सास राज्यमा परेको देखिएको छ । जुलाई ४ मा आएको बाढीले ग्वाडालूपे नदी उपत्यकामा गम्भीर क्षति पुर्‍यायो ।

    images
    images

    स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, राज्यभर कम्तीमा १३५ जनाको निधन भएको छ । तीमध्ये धेरैजसो कर काउन्टीमा रहेका थिए, जहाँ १०७ जनाले ज्यान गुमाएका छन् । 

    करभिल नजिकको नदीमा ४५ मिनेटको छोटो अवधिमा ११.३ मिटरभन्दा बढी पानीको सतह बढेको मापन गरिएको थियो । यसले उद्धार कार्यलाई थप जटिल बनाएको जनाइएको छ ।

    वैज्ञानिकहरूको विश्लेषण अनुसार, यस वर्ष समुद्रको सतहको तापक्रम अत्यधिक बढ्दा वायुमण्डलमा जलवाष्पको मात्रा धेरै पुगेको छ, जसले गर्दा वर्षा तीव्र भएको हो । 

    जलवायु परिवर्तनका कारण भविष्यमा यस्ता घटना अझ गम्भीर र नियमित हुने सम्भावनातर्फ वैज्ञानिक सचेत गराइ रहेका छन् । उनीहरूले बाढीको जोखिम न्यूनीकरणका लागि हरियाली पूर्वाधार, संशोधित भवन मापदण्ड र अद्यावधिक गरिएको बाढी नक्साको आवश्यकता औँल्याएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend